'ह्यारी पोर्टर' श्रृंखलाका चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गरेर लोकपि्रय भएकी एम्मा वाट्सनले प्रेमी फेला पारेकी छिन्। पछिल्लो समय उनी जोनी सिमोन्ससँग रोमान्स गरिरहेकी छिन्। केही दिनअघि यो चर्चित जोडी पेरिसमा सँगै सपिङ गरिरहेका थिए। सपिङकै क्रममा पनि उनीहरूलाई एक-अर्कालाई माया गरिरहेका देखिन्थे। २१ वषर्ीया एम्मा तथा सिमोन्स सपिङपछि पेरिसकै एउटा संग्रहालय पुगेर केही समय बिताए। त्यहाँबाट बाहिरिएपछि उनीहरू पुनः सपिङमा व्यस्त भए। भनिन्छ, एम्माले केही घण्टामै ३२ सय डलरको सपिङ गरेकी थिइन्। 'दुवै निकै खुसी देखिएका थिए, प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले त्यहाँ करिब डेढ घण्टा एकसाथ ठाउँमा बिताएका थिए।

No comments:
Post a Comment